सुदूर नेपाललाई विश्वसँग जोड्दै

हङकङ गएका वडाध्यक्ष फेरि वडाध्यक्ष बन्न गाउँ फर्किए

२०७८ चैत्र २३, ०१:४१ खबर संवाददाता

धनगढीः मोरङको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रुद्रसिङ लिङ्देन फेरि वडा अध्यक्ष हुन हङकङबाट आफ्नै पालिकामा फर्केका छन्। २०७७  कात्तिकमा उनी तीन महिनाको बिदा लिएर हिँडेका थिए। तीन महिनाको बिरामी बिदा जनाएर हङकङ गएका लिङ्देन स्थानीय तहको निर्वाचनको मिति घोषणा भएपछि फर्केका हुन्। 

वडा सदस्य चन्द्र प्रसाद धमलालाई कार्यवाहक जिम्मा लगाएर गएका थिए। १८ महिना सकिन लाग्दा जिम्मेवारी समाल्न कार्यालयमा आएको कार्यवाहक वडा अध्यक्ष धमलाले बताए। लिङ्देनले भोलिदेखि मात्रै आफ्नो जिम्मेवारी समाल्ने भएका छन्।  यता वडाध्यक्ष लिङ्देनले भने बिरामी भएको र उपचारका लागि हङकङ गएको बताएका छन्।

तीन महिनाका लागि बिदा मागेर गए पनि कोभिडका कारण आउन ढिलाइ भएको उनले दाबी गरे। जनताले वडा अध्यक्षमा तपाई पुनः उठ्नुपर्छ भनेपछि नहट्ने समेत बताए। उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन्। उनी उपचार गर्न भनेपनि वैदेशिक रोजगारीमा गएको एक आफन्तले बताए। ती आफन्तका अनुसार लिङ्देनले वडामा गएर भोट माग्न समेत थालिसकेका छन्।

कमेन्ट लोड गर्नुस