चट्याङ लागेर एक जनाको निधन
२०७८ चैत्र २०, ०९:४६
ताप्लेजुङ : गएराति परेको चट्याङ लागेरे सिरीजङ्घा गाउँपालिका–२ आम्वेगुदिनका मुकेश भट्टराईको निधन भएको छ। आम्वेगुदिनको लासाटोलका २३ वर्षीय भट्टराईलाई राति करिब ९ बजे वर्षासँगै परेको चट्याङले लागेको थियो।
चट्याङ लागेलगत्तै उपचारका लागि नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा पुर्याइएकामा उनलाई स्वास्थ्यकर्मीले मृत घोषित गरेका थिए।
कमेन्ट लोड गर्नुस