सुदूर नेपाललाई विश्वसँग जोड्दै

रसुवामा कांग्रेसको घरदैलो अभियान तीव्र

२०७८ चैत्र १९, ०९:४८ रासस

रसुवा: आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचन लक्षित गरेर नेपाली कांग्रेसले हिमाली जिल्ला रसुवामा चुनावी गतिविधि बढाएको छ । पाँच गाउँपालिका रहेको रसुवामा कांग्रेसले सबै पालिकामा घरदैलो अभियानलाई तीव्रता दिएको हो।

नेपाली कांग्रेसले घोषणा गरेको ‘घरघर जाऔँ, कांग्रेस जिताऊँ’ अभियान लिएर नेताहरू वडास्तरसम्म परिचालन भएको कांग्रेसले जनाएको छ। यसअघि जिल्लामा केन्द्रीयस्तरका नेताबाट पार्टी प्रशिक्षण लगायतका काम गरिसकेको कांग्रेसले अघिल्लो निर्वाचनभन्दा यसपटकको माहोल आफ्ना पक्षमा रहेको दाबी गरिरहेको छ।
 

कमेन्ट लोड गर्नुस