म्यादीमा भर्ना हुने जुक्तिः तौल बढाउन गोजीमा एक किलोको ढक राखेपछि...
काठमाडौं : म्यादी प्रहरीमा भर्ना हुन ५० किलो तौल हुनैपर्ने प्रावधान छ। तर कपिलवस्तुका एक युवकको तौल ४८ किला मात्रै थियो। सोही कारण उनले तौल बढाउने एक जुक्ति निकाले । उनले जिन्स पाइन्टको गोजीमा एक किलो ढक राखेर भर्ना छनौटमा भाग दिन खोजे।
तर उनी समातिए। १ किलोको ढक, मोवाइल र पटक–पटक खाना समेत खाएर तौल पुर्याउन खोजेको भन्दै उनलाई नियन्त्रण्मा लिएको प्रहरी निरीक्षक जगतनाथ मरासिनीले बताए। घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ।
कपिलवस्तु मा १९२९ म्यादी प्रहरीका लागि दुई गुना बढी अर्थात् ६९०० ले आवेदन दिएको जनाइएको छ।