सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा नागरिकता कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

२०७८ चैत्र १४, ०६:५७ खबर संवाददाता

धनगढी : कैलालीमा नागरिकता कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीको मिति २०७१।०१।१४ गतेको फैसलाले नागरिकता कसुर मुद्दामा १० हजार जरिवाना भई फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको हो।

कैलालीको साविक बसौटी ८ बस्ने आशादेवि भुललाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको बताइएको छ। पक्राउ परेका उनलाई कैलाली जिल्ला अदालतमा पठाइएको प्रहरीले बताएको छ। 
 

कमेन्ट लोड गर्नुस