सुदूर नेपाललाई विश्वसँग जोड्दै

पीएनजीविरुद्ध नेपालले ब्याटिङ गर्ने, ५ खेलाडी परिवर्तन

२०७८ चैत्र १४, ०१:०८ खबर संवाददाता

काठमाडौंः त्रिदेशीय टी २० श्रृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित टीयू मैदानमा पीएनजीले टस जितेर बलिङ रोज्दै घरेलु टोली नेपाललाई ब्याटिङको निम्तो दिएको हो। यसअघि पीएनजीविरुद्ध एकदिवसीय श्रृङ्खला खेलेको नेपाली टिममा ५ खेलाडी परिवर्तन भएका छन्। एकदिवसीय खेलेका कप्तान सन्दीप लामिछानेसहित सोमपाल कामी, रोहित पौडेल आरिफ शेख दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेल टी २० टिममा पनि खेल्दैछन्।

यसबाहेक आसिफ शेख, करण केसी, अविनाश बोहरा, कुशल मल्ल र लोकेश बम टी २० मा पहिलो रोजाईमा खेल्दैछन्। पहिलो पटक टी २० राष्ट्रिय टिममा समावेश भएका आदिल अन्सारी भने सोमबार नेपालको टिममा परेका छैनन्। एकदिवसीयमा शतक प्रहार गरेका रोहित पौडेल सोमबार बिहान मात्रै टी २० श्रृङ्खलाका लागि टिममा समावेश भएका थिए। रोहितले सन् २०१९ पछि पहिलो पटक नेपालका लागि टी २० खेल्दैछन्। उनले पछिल्लो पटक २०१९ डिसेम्बरमा १३औं दक्षिण एसियाली खेलकुदमा खेलेका थिए।

कमेन्ट लोड गर्नुस