धनगढीमा मैत्रीपूर्ण फुटसल प्रतियोगितामा पत्रकारको टिम विजयी
धनगढी : धनगढीमा भएको मैत्रीपूर्ण फुटसल प्रतियोगितामा पत्रकारको टिम विजयी भएको छ। धनगढीको फ्ल्याटल्याण्ड फुटसलमा भएको मैत्रीपूर्ण फुटसल प्रतियोगितामा १३–११ गोलले पराजित गर्दै पत्रकारको टिम विजयी भएको हो।
धनगढीस्थित नवजीवन अस्पतालको आयोजनामा भएको प्रतियोगितामाका विजेता र उप विजेतालाई नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको अस्पतालका प्रमुख कार्यकारी चक्र खडायतले जानकारी दिए।