आजदेखि आईपीएल, उद्घाटन खेल चेन्नई र कोलकत्ताबीच
काठमाडौं: इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको नयाँ सिजन आजबाट शुरु हुँदैछ। पहिलो दिन एक खेल हुनेछ। मुम्बईको वान्खडे स्टेडियममा हुने उद्घाटन खेलमा चेन्नई सुपर किङस र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ।चेन्नई र कोलकत्ताबीचको खेल नेपाली समय अनुसार बेलुकी ७ः४५ बजे शुरु हुनेछ।
यस सिजनको आईपीएलमा १० टोलीको सहभागिता रहेको छ। लिगको ७० र ४ प्ले अफ खेलहरु ६५ दिनमा सकिने छ।