सुदूर नेपाललाई विश्वसँग जोड्दै

चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी

। फोटो स्रोत ।
२०७५ माघ १७, १२:२६

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ माथिल्लो सदनबाट पारित हुने भएको छ। दिउँसो दुई बजे बोलाइएको राष्ट्रियसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विधेयक पारित होस भन्ने प्रस्ताव पारित गर्ने कार्यसूची छ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको विरोधबीच प्रतिनिधिसभाबाट पारित भएको विधेयक गत सोमबार राष्ट्रियसभामा प्रस्तुत भएको थियो। 
सम्झौता विपरीत विधेयक ल्याईएकोे विरोधमा डा. गोविन्द केसी २३ दिनदेखि अनशनमा छन। राष्ट्रियसभामा बैठकमा महिला, बालबालिका तथा जेष्ठ नगारिक मन्त्री थममाया थापाले जेष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव राख्ने कार्यसूची छ।
यस्तै, अर्थमन्त्री डा. युवराज खतिवडाले निवृत्तभरण कोष विधेयक, भुक्तानी तथा फछ्र्यौट विधेयक र नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन।
सञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले विज्ञापन (नियमन गर्ने) विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव र वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तराष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन० विधेयकबारेको संशोधनबारे विचार गरियोस भन्ने प्रस्ताव गर्ने भएका छन्।

कमेन्ट लोड गर्नुस