सुदूर नेपाललाई विश्वसँग जोड्दै

गिरिजाप्रसाद राष्ट्रिय हक्कीमा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम विजयी

२०७८ चैत्र १०, १०:३९ रासस

मोरङ: गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताअन्तर्गत आज भएको खेलमा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश विजयी भएका छन्। नेपाल हक्की सङ्घद्वारा विराटनगरको सहिद रङ्शालामा भएको पहिलो खेलमा गण्डकी प्रदेशले बागमती प्रदेशलाई ८–० गोलअन्तरले पराजित गरेको छ।

यसैगरी दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले प्रदेश नं १ लाई ३–१ गोलअन्तरले पराजित गरेको छ। त्यसैगरी तेस्रो खेलमा लुम्बिनी प्रदेशले मधेस प्रदेशलाई ७–१ गोल अन्तरले पराजित गरेको छ। शुक्रबार पहिलो सेमिफाइनल खेल सुदूरपश्चिम र गण्डकी तथा दोस्रो सेमिफाइनल खेल नेपाली सेना र लुम्बिनी प्रदेशबीच हुने संंयोजक रञ्जन थापाले जानकारी दिए।   

प्रतियोगितामा नेपाली सेना, प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश सहभागी छन्। प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले ३५ हजार र तेस्रो हुने टोलीले रु १५ हजार पुरस्कार प्राप्त गर्नेछन्।

कमेन्ट लोड गर्नुस