‘दशकका पुरुष खेलाडी’ अवार्डबाट पारस खड्का सम्मानित
काठमाडौँ: ‘दशकका पुरुष खेलाडी’ अवार्डबाट पारस खड्का सम्मानित भएका छन्। खड्का ‘पल्सर स्पोर्ट्स अवार्ड’ मा दशकका पुरुष खेलाडी (प्लेयर अफ द डिकेड मेल) घोषित भएका हुन्।
नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्डको १८ औँ संस्करणमा आज मङ्गलवार खड्कालाई सम्मानित गरेको हो।
पारसको एक दशकको कप्तानीमा नेपालले सन् २०१४ मा ऐतिहासिक टी–२० विश्व कप खेलेको थियो। यस्तै सन् २०१८ मा पारसले नेपाललाई ऐतिहासिक एकदिवसीय क्रिकेटको मान्यता दिलाएका थिए।