अफगानिस्तानका पूर्वअर्थमन्त्री अमेरिकामा ट्याक्सी चलाउदै
काठमाडौं: अफगानिस्तानका पूर्व अर्थमन्त्री अमेरिकामा अहिले ट्याक्सी चलाइरहेका छन्। पूर्व अर्थमन्त्री खालिद पाएन्दा अमेरिकी सडकमा ट्याक्सी चलाइरहेको द वासिंगटन पोस्टले उल्लेख गरेको छ। उनले ६ घण्टा काम गर्दा करीब १५० डलर कमाइ भइरहेको बताएका छन्।
पाएन्दाले अफगानिस्तानको राजधानीमा तालिबानले कब्जाको एक हप्ता पहिला प्रधानमन्त्री अशरफ घानीसँग विग्रदो सम्बन्धका कारण पदबाट राजीनामा थिएका थिए। सरकारले पक्राउ गर्न सक्ने डरले उनी देश छाडेर परिवारका साथ अमिरिका गएका थिए। अमेरिकाले सेना फिर्ता गरेका कारण तालिबानले देश कब्जा गरेको उनले बताए।