सुदूर नेपाललाई विश्वसँग जोड्दै

बर्दियामा पाटे बाघ मृत फेला

फाइल फोटो
फाइल फोटो
२०७८ चैत्र ८, ०८:२३ खबर संवाददाता

बर्दियाः बर्दियाको मधुवन नगरपालिका–२ स्थित जनजागृति सामुदायिक वनमा एउटा पाटे बाघ मृत फेला परेको छ। डिभिजन वन कार्यालय बर्दियाका अनुसार सोमबार बेलुका बाघ मृत फेला परेको हो।

कुहिएको अवस्थामा फेला परेकाले उक्त बाघ करिब एक हप्ता अगाडि नै मरेको हुनसक्ने अनुमान गरिएको छ। जंगलमा कुहिएको जस्तो गन्ध आएपछि खोजी गर्दा बाघ मृत फेला परेको फेला परेको सहायक वन अधिकृत द्रोण शर्माले जानकारी दिए।

बाघको शव परीक्षणका लागि सदरमुकाम गुलरिया ल्याइएको छ। बाघको मृत्युको कारण खुल्न बाँकी छ।
 

कमेन्ट लोड गर्नुस