सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मालिकार्जुन दार्चुला सेवा समाजको रक्तदान कार्यक्रम

२०७८ चैत्र ५, ०४:०४ खबर संवाददाता

धनगढीः धनगढीमा मालिकार्जुन दार्चुला सेवा समाजको रक्तदान कार्यक्रम सम्पन्न भएको छ। शनिबार चौलानी डिपार्टमेन्टलमा मालिकार्जुन दार्चुला सेवा समाजले उक्त रक्तदान कार्यक्रम आयोजना गरेको हो। 

रक्तदानमा कार्यक्रममा १४ महिला र ५८ पुरुष गरि ७२ जनाले रक्तदान गरेको समाजका अध्यक्ष महेन्द्रराज पन्तले दिनेशखबरलाई बताए। समाजले हरेक वर्ष दुई पटक रक्तदान कार्यक्रम राख्दै आएको उनले बताए। यो समाजको चौथो रक्तदान हो।

कमेन्ट लोड गर्नुस