सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा महोत्सव आयोजना हुने

२०७८ फाल्गुन ३०, ०४:३६ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुरामा ‘डडेल्धुरा महोत्सव २०७८’ हुने भएको छ।  अमरगढी नगरपालिकाको आयोजनामा ८ देखि १० चैतसम्म टुँडिखेलमा  महोत्सव हुने भएको हो। 

आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै नगरपालिकाले महोत्सवबारे जानकारी दिएको छ। रजत जयन्तीको अवसर पारेर प्रतिभा पहिचान तथा संस्कृति संरक्षणका लागि महोत्सवको आयोजना गर्न लागेको नगर प्रमुख विश्वेश्वरप्रसाद ओझाले बताए। निःशुल्क हेर्न पाइने महोत्सवले स्थानीय कला संस्कृतिको संरक्षण गर्ने नगर प्रमुख ओझाले बताए। 

महोत्सवमा सुदूरपश्चिमका राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिसँगै हुडकेली, छलिया, डेउडालगायतका स्थानीय प्रस्तुति हेर्न सकिने नगरपालिकाले जनाएको छ।  

कमेन्ट लोड गर्नुस