सुदूर नेपाललाई विश्वसँग जोड्दै

दक्षिण कोरियामा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित

२०७८ फाल्गुन २८, ०५:२२ रासस

सोल: दक्षिण कोरियामा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या गत शुक्रबार सबैभन्दा धेरै देखिएको छ। सरकारी अधिकारीहरुले शनिबार विहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा तीन लाख ८३ हजार ६६५ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। 

योसँगै दक्षिण कोरियामा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमितहरुको कुल सङ्ख्या ६२ लाख छ हजार २७७ पुगेको छ। कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन भाइरस फैलिएकाले सङ्क्रमितहरुको सङ्ख्या अत्यधिक देखिएको बताइएको छ। नयाँ सङ्क्रमित मध्ये ८० हजार ४३७ जना राजधानी सोलका मात्रै रहेका छन्। 

त्यसैगरी ग्योङगी प्रान्तम एक लाख सात हजार ९४१ र इन्चेओनमा २३ जहरा ७३५ जना सङ्क्रमित भएका छन्। कुल सङ्क्रमित मध्ये एक हजार ६६ जना मात्रै गम्भीर अवस्थामा रहेका छन । ती मध्ये ५० जना पछिल्लो एक दिनमा थपिएका हुन्। 

कोरोनाकै कारण दक्षिण कोरियामा पछिल्लो एक दिनमा २६९ जनाको मृत्यु भएको छ। योसँगै कुल मृतकको सङ्ख्या भने १० हजार १४४ पुगेको अधिकारीहरुले जनाएका छन्।

कमेन्ट लोड गर्नुस