सुदूर नेपाललाई विश्वसँग जोड्दै

उत्तराखण्डका मुख्यमन्त्री धामी विधान सभा चुनावमा पराजित

२०७८ फाल्गुन २६, ०५:४४ खबर संवाददाता

काठमाडौँ: भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी विधानसभा चुनावमा पराजित भएका छन्। ६ हजार ९ सय ५१ मतले कांग्रेसका भुवन कापडीले भारतीय जनता पार्टी (भाजपा) का तर्फबाट खटीमा विधान सभाका उम्मेदवार बनेका धामीलाई पराजित गरेका हुन्। 

भारतीय सञ्चार माध्यमका अनुसार बिहीबार सम्पन्न मतगणना अनुसार कूल ९१ हजार ३ सय २५ मतमध्ये विजयी भएका कापडीले ४७ हजार ६ सय २६ मत प्राप्त गरे। उनका प्रतिद्वन्द्वी उत्तराखण्डका मुख्यमन्त्री धामीले ४० हजार ६ सय ७५ मत मात्रै प्राप्त गरेका थिए।
 

कमेन्ट लोड गर्नुस