आगलागीबाट धनमाल जलेर नष्ट
बाँके : आगलागीबाट धनमाल जलेर नष्ट भएको छ। नेपालगञ्ज उपमहानगरपालिका ३ एकलाईनिस्थित डेरा गरी बस्ने एजाज रङ्गरेजको मुस्कान जनरल स्टोर ९खेलौना पसल०मा विद्युत सर्ट भई बुधबार दिउँसो आगलागी हुँदा करिब ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको हो।
आगलागीको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरीले दमकल र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताएको छ।