सुदूर नेपाललाई विश्वसँग जोड्दै

केन्द्रीय सदस्य नबनाएपछि पञ्चा असन्तुष्ट

२०७८ फाल्गुन २३, ०५:१५ खबर संवाददाता

धनगढीः पार्टीले केन्द्रीय समिति सदस्य नबनाएपछि माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) की केन्द्रीय अध्यक्ष  पञ्चा सिंह असन्तुष्ट बनेकी छन्। सामेबार बसेको केन्द्रीय समितिमा थप केन्द्रीय सदस्य मनोनयन गर्ने सूची आफ्नो नाम नपरेपछि उनले असन्तुष्ट व्यक्त गरेकी हुन्।

समाजिक संजाल फेसवुकमा सिंहले आफूहरु दोस्रो दर्ता खारेज गरेर हिँडेको भन्दै त्यो नदोहोर्‍याउन आग्रह गरेकी छिन्। उनले लेखेकी छिन्– ‘हैट, दोस्रो दर्जा बन्ने बनाउने दुवै तरिका खारेज गरेर हिँडेको हो, फेरि नदोहोर्‍याऊ।’ माओवादी केन्द्रका अन्य जनवर्गीय संगठनका अध्यक्ष कोही केन्द्रीय सदस्य र कोही केन्द्रीय समितिमा समेटिदा आफू छुटेपछि सिंहले आफूमाथि भेदभाव भएको ठानेकी हुन्।

वाईसीएलका संयोजक सुमन देवकोटा केन्द्रीय सदस्यमा प्रस्तावित भएका छन्। त्यस्तै प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा केन्द्रीय प्रतिनिधिको सूचीमा समेटिएका छन्।

कमेन्ट लोड गर्नुस