धनगढीको कपडा बैंकलाई ३० थान कपडा सहयोग
२०७८ फाल्गुन २१, ०८:०८
धनगढीः धनगढीको कपडा बैंकलाई ३० थान कपडा सहयोग गरिएको छ। उप–महानगरपालिको वडा नम्बर–४ शिवपुरी धाममा रहेको कपडा बैंकलाई कपडा दान गरिएको हो।
धनगढीकी अनिता पाठकले ३० थान कपडा सहयोग गरेकी हुन्। संकलन भएका कपडा आवश्यकता भएका व्यक्तिलाई निःशुल्क वितरण गर्ने गरिएको बैंककी सम्पर्क व्यक्ति ज्ञानु शाहले बताइन्।
कमेन्ट लोड गर्नुस