‘नेपालका लागि एमसिसी परियोजना अपरिहार्य छ’
कैलाली: खानेपानीमन्त्री उमाकान्त चौधरीले हाम्रो जस्तो मुलुकका लागि एमसिसी परियोजना अपरिहार्य र जरुरी रहेको बताएका छन्। प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले देशको आर्थिक समृद्धि, विकास र गरिबी निवारणका लागि यो परियोजना ल्याइएको बताए। उहाँले एमसिसीका बारेमा जनतामा धेरै भ्रमहरु सिर्जना गरिएको तर त्यो सत्य नभएको जिकिर गरे।
“कुनै पनि देश विकास गर्नका लागि तीन वटा तत्व हुन्छ”, मन्त्री चौधरीले भने, “एउटा आमनागरिकसँग कर लिएर अगाडि बढ्ने, अर्को ऋण लिएर अगाडि बढ्ने र तेस्रो भनेको अनुदान लिएर अगाडि बढ्ने हो।” उनले एमसिसी विशुुद्ध अनुदान परियोजना भएकाले संसद्बाट पारित हुनेमा विश्वास व्यक्त गरे।