सुदूर नेपाललाई विश्वसँग जोड्दै

पहाडी जिल्लामा बिसु पर्वको रौनक

२०७५ वैशाख १, ०८:५३

प्रदेश नम्वर ७ को साँस्कृतिक पहिचानका रुपमा रहेको बिसु पर्व पहाडी जिल्लामा उल्लासका साथ मनाईदै छ ।

नयाँ वर्षको पहिलो दिन वैशाख १ गतेलाई सुदूरपश्चिमबासीले बिसु पर्वका रुपमा मनाउने चलन रहि आएको छ । बिसु पर्व मनाउनका लागि घर बाहिर रहेकाहरु फर्कीएपछि पहाडी जिल्लामा उल्लास छाएको हो । बिसु पर्वमा मिठा–मिठा खानाका परिकार खाने र सिस्नो लगाउने प्रचलन रहि आएको छ ।

बिसुका दिन सिस्नो लगाउँदा वर्षभरी काम गर्ने क्रममा शरीरमा रहेका सवै प्रकारका बिष निस्कृय हुने जन बिश्वास रहेको छ । बैशाख शुरु भएसंगै रोगव्याधी, महामारी र अनिकालको समय शुरु हुने भएकाले त्यसको सुरक्षाका लागि सिस्नो लगाउने चलन रहेको छ ।

कमेन्ट लोड गर्नुस