कैलालीमा लागूऔषधसहित एक युवक पक्राउ
२०७८ फाल्गुन १०, ०२:१९
धनगढी : कैलालीमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको लम्कीचुहा नगरपालिका-१ लम्कीका २३ वर्षीय राजु चौधरी रहेका छन्।
उनलाई आफ्नै घरको कोठामा लागूऔषध सेवन गरिरहेको अवस्थामा स–साना ५ वटा पुडीया लागूऔषध (खैरो हिरोईन) सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। ३०० मिलिग्राम परिमाणको उक्त लागूऔषधसहित पक्राउ परेका चौधररीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस