सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमसीसीमा सहमति नभए गठबन्धन टुट्नेः गगन थापा

२०७८ फाल्गुन ६, ०२:२१ खबर संवाददाता

काठमाडौंः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अमेरिकी सहयोग परियोजना एमसीसीमा सहमति नभए गठबन्धन टुट्ने बताएका छन्। शुक्रबार संसद बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले संकल्प प्रस्ताव पास गर्ने, आफ्नो रोजाइमा मत दिनेलगायतका विकल्पमा छलफल भइरहेको बताए। तर यो विषयमा अब टुंगो गर्नुपर्ने भन्दै उनले भने, ‘हाम्रोबीचमा कुरा मिल्यो, गठबन्धन चलिराख्छ। हाम्रो बीचमा कुरा मिलेन, यो गठबन्धन चल्दैन।’

उनले अघि भने, कुराकानी पनि नमिल्ने, गठबनधन पनि चलिराख्ने भन्ने हुँदैन।’ उनले एमसीसीलाई चुनावपछि धकेल्ने प्रस्ताव स्वीकार्य नहुने बताए।

कमेन्ट लोड गर्नुस