देशभर पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना सङ्क्रमण पुष्टि
काठमाडौँ: देशभर पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय नौ हजार ७८९ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।
योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७४ हजार ८५७ पुगेको छ। एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ३८ हजार २५० रहेको छ। पछिल्लो समय थप एक हजार ९९३ निको भएका छन्। योसँगै निको हुनेको सङ्ख्या नौ लाख ४६ हजार ३३० पुगेको छ। निको हुने दर ९६ दशमलव ९ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ।
हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९११ पुगेको छ। पछिल्लो २४ घण्टामा थप ६ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ। यस रोगबाट हुने मृत्यु दर १।२ प्रतिशत रहेको छ। त्यसैगरी पछिल्लो समय एक लाख ६४ हजार ४७५ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजार ६१६ रहेको छ। अहिले होम आइसोलेशनमा १५ हजार ९७४ रहेका छन्। त्यसैगरी संस्थागत आइसोलेशनमा ६६९ आइसीयुमा १५१ र भेन्टिलेटरमा २६ जनाले उपचार गराइरहेका छन्।