सुदूरपश्चिममा थप २२ जनामा कोरोना पुष्टि
धनगढीः सुदूरपश्चिम थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार १ हजार २३७ जनाको एन्टिजेन र ४ जनाको पीसीआर परीक्षण गर्दा आज २२ जनामा संक्रमण पुष्टि भएको हो।
निर्देशनालयका अनुसार प्रदेशमा १ हजार १३२ जना सक्रिय संक्रमित पुगेका छन्। उनीहरुमध्ये २३ जनाको मात्रै अस्पतालमा उपचार भइरहेको छ भने अन्य सबै होम आइसोलेसनमा रहेका छन्।