देशभर थप ६८० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँः पछिल्लो २४ घण्टामा देशभर थप ६८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७ हजार ९५ नमुना परीक्षण गरिएको थियो । ४ हजार २५६ जनानाको पीसीआर परीक्षण गर्दा ४९८ र दुई हजार ८३९ जनाको एन्टीजेन परीक्षण गर्दा १८२ गरी ६८० जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा एक हजार ८३५ जन संक्रमणमुक्त भएका छन्। हाल देशभर १९ हजार ४०० संक्रिय संक्रमित छन्। जसमध्ये १९ हजार ९८२ संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने ७५७ जना संस्थागत आइसोलेसनमा छन्। उनीहरुमध्ये १७४ जनाको आईसीयू र ३३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घण्टामा २ जना काोरोना संक्रमितको मृत्यु भएको छ।