सुदूर नेपाललाई विश्वसँग जोड्दै

ओमनले नेपाललाई जितको लागि १३६ रनको लक्ष्य दियो

२०७८ माघ २८, ०६:०५ रासस

काठमाडौँ: चारदेशीय टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत आज भएको पहिलो खेलमा ओमानले नेपाललाई जितको लागि १३६ रनको विजयी लक्ष्य दिएको छ। ओमनको अल अमेरात क्रिकेट ग्राउन्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३५ रन जोड्यो।

ओमानका लागि जिसन मक्सुदले अविजित ४३ रनको योगदान दिए भने मोहम्मद नदिमले ३१ रनको योगदान गरे। त्यसै जतिन्दर सिंहले १३, आयान खानले ११ तथा कस्यप प्रजापतिले ११ रन जोडे। बलिङतर्फ नेपालका अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए भने कप्तान सन्दीप लामिछाने, कमल ऐरी र आरिफ शेखले एक÷एक विकेट हात पारे।

आइसिसी टि२० विश्वकप ग्लोबल छनोट खेल्नुअघि नेपालले चार देश सम्मिलित टी–ट्वान्टी सिरिज खेल्न लागेको हो। नेपाल अहिले जवाफी व्याटिङमा छ। नेपालले पाँच ओभरको खेल सकिँदा दुई वेकेट गुमार ३० रन बनाएको छ।
 

कमेन्ट लोड गर्नुस