सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ३३ ग्राम लागुऔषधसहित पक्राउ परेका ५ जना प्रहरी हिरासतमा

२०८१ कार्तिक १२, ०७:१४ खबर संवाददाता

धनगढीः कैलालीमा लागुऔषधसहित पाँच जना पक्राउ परेका छन।

जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान शाखाबाट प्रहरी नायव निरीक्षक गजेन्द्रबहादुर चन्दको कमाण्डमा खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–१ साथी होटल पछाडीको गल्लीबाट धनगढी–२ का २४ वर्षीय उमेश चौधरी र भारतको पलियाका २५ वर्षीय प्रदिप मौरेलाई लागुऔषधसहित पक्राउ गरिएको हो।

प्रदिप मौरेको साथबाट १० ग्राम लागुऔषध, अछामको चौरपाटी गाउँपालिका–१ घर भई हाल धनगढी उपमहानगरपालिका–४ बस्ने प्रियंका होटलका सञ्चालक ३६ वर्षीय बिजय साउँदलाई ३ ग्राम ३८० लागुऔषध प्रहरीले नियन्त्रणमा लिएको छ।

यस्तै इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाको संयुक्त प्रहरी टोलीले टीकापुर नगरपालिका–९ खग्रौला चेक पोष्ट नजिकबाट लम्की–चुहा नगरपालिका–१ का २२ वर्षीय उपेन्द्र साउँदले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००९ प ३४१६ नम्बरको मोटरसाइकल भारतबाट नेपालतर्फ आउँदै गरेको चेकजाँच उनको मोटरसाइकलको सिटमुनी लुकाई–छिपाई राखेको १९ ग्राम ६८० मिलिग्राम लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।

यस्तै लम्की–चुहा नगरपालिका–२ मोतिपुरका २० वर्षीय रोशन शाही पनि २१० मिलिग्राम लागुऔषधसहित पक्राउ परेका छन। ३३ ग्राम २७० मिलिग्राम लागुऔषधसहित पाचै जनालाई प्रहरीले नियन्त्रणमा लिएर कारबाहीको लागि हिरासतमा राखेको छ।

कमेन्ट लोड गर्नुस