सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम विश्वविद्यालयविरुद्ध अनेरास्ववियू आन्दोलनमा, नियुक्ति खारेजीको माग

२०७८ माघ २७, ०२:५१ खबर संवाददाता

धनगढीः नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले सुदूरपश्चिम विश्वविद्यालयविरुद्ध आन्दोलन थालेको छ। विश्वविद्यालयका नियुक्ति खारेजीको माग गर्दै अनेरास्ववियू आन्दोलमा उत्रिएको हो। 

बिहिबार समाजवादी निकट विद्यार्थी संगठनका कार्यकर्ता तथा विद्यार्थीहरुले महेन्द्रनगर बजारमा प्रदर्शन गर्दै विश्वविद्यालयका अवैधानिक नियुक्ति खारेजीको माग गरेका छन्। उनीहरुले सुदूरपश्चिम विश्वविद्यालयले विश्वविद्यालयमा डिन, सहायक डिन, निर्देशक, सहायक परीक्षा नियन्त्रकलगायत पदको नियुक्तिप्रति असन्तुष्टी जनाएका हुन्। 

यसअघि विद्यार्थी संगठनले गत पुसमै महेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी समेत गरेका थिए। अहिले पनि ताला खुल्न सकेको छैन। 
 

कमेन्ट लोड गर्नुस