धनगढीको निसर्ग अस्पतालमा अब कपाल प्रत्यारोपण पनि गरिने
धनगढीः धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले कपाल प्रत्यारोपण सेवा पनि सुरु गरेको छ। शनिबारदेखि अस्पतालले कपाल प्रत्यारोपण सेवा थालेको अस्पतालका अध्यक्ष तिर्थराज पन्तले जानकारी दिए।
निर्भाना स्किन क्लिनिक एण्ड हेयर ट्रान्सप्लानट सेन्टर काठमाडौंबाट आएका छाला रोग तथा कपाल प्रत्यारोपण विशेषज्ञ डा. विपिन भट्टचन र निसर्ग हस्पिटलका छाला रोग विशेषज्ञ डा. सुमित पाण्डेलगाएतको टिमले शनिबार एकजनाको कपाल प्रत्यारोपण गरेर सो सेवा आरम्भ गरेको उनले बताए।
यसअघि उक्त अस्पतालले छाला रोगको विशेष सेवा प्रदान गर्दै आएको थियो।