सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको चुरेमा अवैध रुपमा रुख काट्दै माटोले जरा लुकाएको भेटियो

सामुदायिक बनलाई स्पष्टिकरण

२०७५ माघ २, ०७:५८ नवराज पनेरु

कैलालीको चुरेमा अवैध रुपमा रुख कटानी भएको बन कार्यालयले ठहर गरेको छ। चुरे गाउँपालिका वडा नम्वर ६ मा रहेको शिद्ध प्रगतिशिल सामुदायीक बनमा अवैध रुपमा रुख कटान भएको बन कार्यालयले ठहर गरेको हो। सडक निर्माण र बैज्ञानिक वन व्यवस्थापनको नाममा टाँचा नलगाईएका रुखहरु कटानी गरेको बन कार्यालय ठहर गरेको हो। उक्त सामुदायिक बनमा अवेध रुपमा रुख कटानी भएको समाचार दिनेश खवरमा प्रकाशन र दिनेश एफएममा प्रशारण भएपछि जिल्ला वन डिभिजन कार्यालयले चाँसो देखाउँदै ईलाका बन कार्यालय खानीडाडालाई छानविनका लागि निर्देशन दिएको थियो। 

ईलाका वन कार्यालय खानीडाडाका प्रमुख डवल बोहराले छानविनका क्रममा पनि टाँचा नलगाएका रुख कटान भएको भेटिएको स्वीकार गरे। उनले प्राविधिक टोलीले बुझाएको प्रतिवेदन अनुसार केहि स्थानमा रुख काटेर जरा माटोले लुकाएको पनि भेटिएको बताए। ईलाका बन कार्यालयका प्रमुख बोहराले अवैध रुपमा रुख कटानी भएको देखिएकाले शिद्ध प्रगतिशिल सामुदायिक बनलाई स्पष्टिकरण सोधिएको बताए।

२ दिन भित्र रुख कटानीको विषयमा जवाफ दिन निर्देशन दिएको उनले बताए। छानविन अझै जारी भएकाले केहि दिनमा मात्रै अवैध तरिकाले कति वटा रुख काटिए भन्ने विषयमा जानकारी हुने उनले बताए। यसअघि सामुदायीक वनका अध्यक्ष हर्क वहादुर साउदले पनि सडक निर्माणका लागि अनुमती विना रुख कटानी गरिएको स्वीकार गरेका थिए।

उक्त सामुदायीक बनमा गत बर्ष मात्रै बैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु गरिएकाले साल र सल्ला गरि ६७ वटा रुख कटानीको आदेश दिईएको थियो। अन्य २ सय ५८ वटा ढलापडा रुख काट्ने आदेश दिदै झण्डै २७ हजार क्युफिट काठ संकलनको योजना बन कार्यालयको थियो। तर सामुदायिक वनले भने टाँचा नगरेका रुख पनि काटेको तर काठ भने कम उत्पादन देखाउदै आएको छ। स्थानीय वासिन्दाले पनि टाचाँ नगरिएका रुखहरु पनि कटान गरिएको र काठ लुकाएर कम देखाईएको आरोप लगाएका थिए। 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस