संक्रमितभन्दा निको हुने बढे, ४९०४ थपिँदा ५९२४ जना निको
काठमाडौंः पछिल्लो २४ घण्टामा मुलुकमा ४९०४ जना कोभिड संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार १४ हजार ५६२ नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन्।
सोही अवधीमा ५९२४ जना निको भएका छन्। थप ६ जनाको मृत्यु भएको छ। सक्रिय संक्रमित संख्या ८७ हजार ३२९ छ। उपत्यकामा आज १८२० जना संक्रमित थपिएका छन् जसमध्ये काठमाडौंमा १४०४, ललितपुरमा ३०५ र भक्तपुरमा १११ जना संक्रमित थपिएका छन्।