सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप ४९०४ जनामा कोरोना संक्रमण पुष्टि

२०७८ माघ १५, ०५:१२ खबर संवाददाता

काठमाडौँ:  नेपालमा ४ हजार ९०४ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट १४ हजार ५६२ परीक्षण हुँदा ४ हजार ९०४ जना संक्रमित थपिएको शनिबार जानकारी दिएको हो।

१० हजार १०१ पीसीआर परीक्षण गर्दा ३ हजार ३१८ मा संक्रमण पुष्टि भएको र ४ हजार ४६१ मा एन्टिजेन परीक्षण हुँदा १ हजार ५८६ मा पोजिटिभ देखिएको छ। २४ घण्टामा निको हुनेको संख्या भने ५ हजार ९२४ रहेको मन्त्रालयले तथ्यांकमा उल्लेख छ । योसँगै हालसम्म ८ लाख ४८ हजार ३६० जना निको भएका छन्।

२४ घण्टामा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ७०३ पुगेको छ। यस्तै सक्रिय संक्रमितको संख्या भने ८७ हजार ३२९ पुगेको छ।

कमेन्ट लोड गर्नुस