सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा बँदेलले आक्रमण गर्दा चार जना घाइते

फाइल फोटो
फाइल फोटो
२०७८ माघ ११, ०७:३५ खबर संवाददाता

धनगढी : बैतडीमा जंगली बँदेलले आक्रमण गर्दा चार जना घाइते भएका छन्। घाइते हुनेमा दोगडाकेदार गाउँपालिका-१ का ४५ वर्षीय बलबहादुर कार्की, ६५ वर्षीय मन्नाम जोशी, ५५ वर्षीय हरिदत्त जोशी र ४५ वर्षीय वीरभान सार्की  रहेका छन्। 

सोमबार साँझ जंगली बँदेल गाउँमै पसेर स्थानीयहरुलाई घाइते बनाएको स्थानीय प्रेम कार्कीले बताए। उनका अनुसार बलबहादुर कार्की र मन्नाम जोशीको अवस्था गम्भीर छ भने हरिदत्त जोशी र वीरभान सार्कीको अवस्था समान्य रहेको छ। 

कमेन्ट लोड गर्नुस