टेकु अस्पतालमा खोप अभियान स्थगित
काठमाडौँ: शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोना भाइरसविरुद्धको खोप अभियान एक हप्ताका लागि स्थगित गरिएको छ। अस्पतालका निर्देशक डा मनिषा रावलले अस्पतालमा ५० भन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई कोरोना भाइरसको सङ्क्रमण भएकाले स्थगित गर्नुपरेको बताइन्।
उनका अनुसार भोलि माघ १० देखि माघ १६ गतेसम्म खोप अभियान स्थगित गरिएको हो। अस्पतालमा कोरोना भाइरसविरुद्धको पहिलो मात्रा, पूर्ण मात्रा र बुष्टर डोज उपलब्ध गराउँदै आएको थियो।