बैतडीमा एकजना मृत फेला
२०७८ माघ ९, ११:४७
धनगढी : बैतडीको सुर्नया नदीमा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको पाटन नगरपालिका वडा नम्बर ३ र ४ को सीमामा पर्ने सैन्देउ नजिक सुर्नया नदीमा २६ वर्षका एक पुरुषको शव फेला परेको हो।
इलाका प्रहरी कार्यालय पाटनले मृतकको पहिाचान हुन नसकेको बताए। आज बिहान स्थानीयले नदीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलतर्फ प्रहरी टोली खटाइएको छ।
कमेन्ट लोड गर्नुस