सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको चुरेमा अवैध रुपमा रुख कटानी : छानविनका लागि प्राविधिक टोली परिचालन

२०७५ पुष २८, ०७:२० नवराज पनेरु

कैलालीको चुरे क्षेत्रमा सामुदायीक वनकै मिलेमतोमा अवैध रुपमा रुख कटान गरिएको समाचार दिनेश एफएममा प्रशारण र दिनेश खवरमा प्रकाशन भएपछि वन डिभिजन कार्यालयले चाँसो देखाएको छ। चुरे गाउँपालिका वडा नम्वर ६ मा रहेको शिद्ध प्रगतिशिल सामुदायीक बनमा सडक निर्माण र बैज्ञानिक वन व्यवस्थापनको नाममा अवैध रुपमा रुख कटान भईरहेपनि समाचार प्रकाशन र प्रशारण भएपछि वन कार्यालयले चाँसो देखाएको हो। उक्त सामुदायीक बनमा गत बर्ष मात्रै बैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु गरिएकाले साल र सल्ला गरि ६७ वटा रुख कटानीको आदेश दिईएको थियो। अन्य २ सय ५८ वटा ढलापडा रुख काट्ने आदेश दिदै झण्डै २७ हजार क्युफिट काठ संकलनको योजना बन कार्यालयको थियो। तर सामुदायिक वनले भने टाँचा नगरेका रुख पनि काटेको तर काठ भने कम उत्पादन देखाउदै आएको छ।

स्थानीय वासिन्दाले पनि टाचाँ नगरिएका रुखहरु पनि कटान गरिएको र काठ लुकाएर कम देखाईएको आरोप लगाएका थिए। वन डिभिजन कार्यालय कैलालीका प्रमुख अमर बुलनले सामुदायिक बनमा अनुमती भन्दा धेरै रुख काटिएको देखिएकाले ईलाका वन कार्यालय खानीडाडालाई तत्कालन छानविन गरि वास्तविकता पत्ता लगाउन निर्देशन दिएको बताए। प्रमुख बुलनपनि आज सोही विषयमा अनुसन्धानका लागि फल्टुडे गएका छन्। उनले यत्तिनै रुख थप काटिएको विषयमा अहिले भन्न नसकिने भएपनि १०, १२ वटा थप रुख काटिएको देखिएको बताए। 

ईलाका वन कार्यालय खानीडाडाका प्रमुख डवल बोहराले पनि टाँचा नलगाएका रुख पनि काटिएको देखिएकाले भोली नै वन क्षेत्रा प्राविधिक टोली खटाउने तयारी रहेको बताए। उनले केहि स्थानमा रुख काटेर जरा माटोले लुकाएको पनि भेटिएकाले अवको २, ३ दिन भित्रै वास्तविकता पत्ता लाग्ने बताए। यसअघि सामुदायीक वनका अध्यक्ष हर्क वहादुर साउदले पनि सडक निर्माणका लागि अनुमती विना रुख कटानी गरिएको स्वीकार गरेका थिए। कैलालीको चुरे गाउँपालिकाले घर–घरमा सडक पुगाउने नाराका साथ अहिले धेरै स्थानमा नयाँ सडकको ट्रयाक खोलेको छ। तर रुख कटानीको आदेश भने गाउँपालिकाले एक पटक पनि मागेको छैन्। 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस