सुदूर नेपाललाई विश्वसँग जोड्दै

भेरोसिलको मौजदात कम छ, पहिलो डोज कोभिसिल्ड दिनूः स्वास्थ्य सेवा विभाग

फाइल फोटो
फाइल फोटो
२०७८ माघ ६, ०७:४९ खबर संवाददाता

काठमाडौंः स्वास्थ्य सेवा विभागले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाउन आउने नागरिकहरुलाई कोभिसिल्ड÷एस्ट्राजेनिका खोप लगाइदिन सबै स्वास्थ्य कार्यालयहरुलाई निर्देशन दिएको छ।

भेरोसिल खोपको मौज्दात देशैभर न्यून भएको भन्दै विभागले पहिलो मात्रा लगाउन आउनेहरु सबैलाई कोभिसिल्ड खोप दिन भनेको हो।

पहिलो मात्रा लगाउन आउनेहरुलाई कोभिसिल्ड खोप दिने निर्णय बुधबार विभागले गरिसकेको छ। उक्त निर्णय कार्यान्वयन गर्न विभागले प्रदेश स्वास्थ्य निर्देशनालय, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र स्वास्थ्य कार्यालयहरुलाई भनेको छ।

हाल कोभिड–१९ विरुद्धको बुस्टर डोज दिने काम जारी छ। अग्रपंक्तिमा खटिने, सार्वजनिक सेवामा खटिने, रोग प्रतिरोधात्मक क्षमता कम भएका र ६० वर्ष माथिका नागरिकहरुलाई बुस्टर डोज दिन सुरु गरिएको छ।
 

कमेन्ट लोड गर्नुस