सुदूर नेपाललाई विश्वसँग जोड्दै

मास्क कालोबजारी गर्ने दुईजना औषधि व्यवसायी पक्राउ

२०७८ माघ ५, ०३:४० खबर संवाददाता

हेटौंडा: मास्क कालोबजारी गरेको आरोपमा प्रहरीले आज हेटौंडाबाट दुई जना औषधि व्यवसायीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–१ स्थित अंसारी फार्मेसीका सञ्चालक साजित अंसारी र सक्षम औषधि पसलका सञ्चालक बब्लु पाण्डे रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अत्यधिक मूल्य लिएर मास्क बिक्री गरेको पाइएपछि ती औषधि पसलका सञ्चालकलाई पक्राउ गरी आवश्यक कानुनी कारबाही अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए। 
 

कमेन्ट लोड गर्नुस