सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा ६ हजार ७ सय ३४ संक्रमित थपिए

२०७८ माघ ३, ०४:३९ खबर संवाददाता

काठमाडौं: नेपालमा गत २४ घन्टामा कोरोनाबाट ३ जनाको  मृत्यु भएको छ।  योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय २३ पुगेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ६ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

 मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक तथ्यांक अनुसार गत २४ घन्टामा १७ हजार ४ सय ६५ कोरोना परीक्षण गरिएको छ। जसमा १४ हजार १४ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ५ हजार ७ सय ४७ र ३ हजार ४ सय ५१ एन्टीजेन परीक्षण गर्दा ९ सय ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमितमध्ये ४ सय ४७ जना स्वस्थ भएका छन्। योसँगै नेपालमा कोरोना सक्रमणमुक्त हुनेको संख्या ८ लाख १६ हजार ९ सय ८५ पुगेको छ।  त्यसैगरी गत २४ घण्टामा १ लाख ४३ हजार ३ सय ६० जनाले कोरोनाविरुद्वको खोप लगाएका छन्। 

कमेन्ट लोड गर्नुस