रविन्द्र मिश्रलाई कोरोना संक्रमण
काठमाडौंः विवेकशील–साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई कोरोना संक्रमण भएको छ। सामाजिक सञ्जालमार्फत मिश्रले आफूलाई संक्रमण भएको जानकारी दिएका हुन्।
फेसबुकमा स्टाटस लेख्दै मिश्रले अस्पतालमा परीक्षणपछि घर आएर सुरक्षितरुपमा बसेको उल्लेख गरेका छन्। अहिले आफ्नो स्वाथ्यअवस्था ठीकै रहेको उनको भनाइ छ।
आफ्नो सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन र आवश्यक देखिए परीक्षण गर्न उनले सुझाव दिएका छन्।