पश्चिम सेती आयोजना अगाडी बढाउन नेकपा सुदूरपश्चिमको माग (विज्ञप्ती सहित)
नेपाल कम्युनिष्ट पार्टी नेकपा सुदूरपश्चिम प्रदेश कमिटीको पहिलो बैठक धनगढीमा सम्पन्न भएको छ। बैठकले नेपाल सरकार समक्ष ८ वटा विशेष प्रस्तावहरु पास गरेको छ। अध्यक्ष कर्ण वहादुर थापाको अध्यक्षतामा बसेको बैठकले २ वटा निर्णय र ८ वटा प्रस्ताव पारित गरेको हो। बैठकले पश्चिम सेती जलविद्युत आयोजनाका लागि लगानीको बातावरण सृजना गर्दै आयोजनाको काम अगाडि बउान नेपाल सरकार समक्ष प्रस्ताव गरेको छ।
यस्तै माथिल्लो कर्णाली जलविद्युत आयोजना वित्तिय व्यवस्थापनका लागि २ पटक मयद थप भईसकेकाले अव म्याद नथप्न र बैकल्पिक व्यवस्था गर्न पनि सरकार समक्ष प्रस्ताव गरिएको छ। यस्तै दक्षिणी सिमालाई व्यवस्थीत बनाउनपर्ने, सुदूरपश्चिम प्रदेशकाट चिन र भारतसंक जोड्ने अन्तराष्ट्रिय नाका बनाउन पर्ने प्रस्ताव पनि सरकार समक्ष नेकपाको प्रदेश कमिटि बैठकले गरेको छ। यस्तै विगतका प्रदेश पदाधिकारीले गरेका निर्णयलाई अनुमोदन र माघ २० गते अगुवा कार्यकर्ता भेला गर्ने निर्णय पनि प्रदेश कमिटिले गरेको छ।