सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागुऔषधसहित २ युवक पक्राउ

२०७८ पुष २९, ०३:३० खबर संवाददाता

धनगढीः कञ्चनपुरमा लागुऔषधसहित दुइ युवक पक्राउ परेका छन्। ईलाका प्रहरी कार्यालय दोधराबाट खटिएको प्रहरी टोलीले हिजो (बिहिवार) उनीहरुलाइ पक्राउ गरेको हो।

पक्राउ पर्नेमा दोधारा चादनी नगरपालिका ७ का २२ वर्षीय प्रेमसिंह ठगुन्ना र १९ वर्षीय युवराज बिस्वास रहेका छन्। उनीहरु दुवैलाइ मिलन चौराहस्थित पैदल हिन्दै गरेको अवस्थामा पक्राउ गरिएको थियो। उनीहरुको खल्तीबाट लुकाई छिपाई राखेको १८ ग्राम ४७० मिलिग्राम खैरो हिरोईन फेला परेको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस