कञ्चनपुरमा एमाले अधिवेशनः मत गणना जारी, बिष्टको अग्रता
धनगढीः कञ्चनपुरमा नेकपा (एमाले) को नयाँ नेतृत्व चयनका लागि भएको मतदानको गणना जारी छ। दिउँसो ४ बजेदेखि मत गणना सुरु भएको थियो। अहिलेसम्मको सुरुवाती मत परिणाम अनुसार अध्यक्षमा सुरेन्द्र बिष्टले अग्रता लिएका छन्। उनले ४१ मत प्राप्त गर्दा अर्का उम्मेदवार बीरबहादुर थापा (पातल) ले २९ मत पाएका छन्।
यस्तै बिष्ट प्यानलकी उपाध्यक्षकी उम्मेदवार लक्ष्मी बुढाले ३९, सचिवमा पल्लवराज भट्टले ४२, उपसचिवमा फैरु तामाङले ५३, र कर्णबहादुर चन्दले ५३ मत पाएका छन्। यता, थापा प्यानलका उपाध्यक्षका उम्मेदवार महेश पन्तले ३१, सचिवमा अशोककुमार चन्दले २५, उपसचिवमा शेरबहादुर चन्दले २२ मत पाएका छन्।