अछाममा मिलमा बेरिएर महिलाको मृत्यु
२०७८ पुष २८, ०३:५४
धनगढीः अछामको चौरपाटी गाउँपालिका–४ पायलकी ५१ वर्षीया सुन्तली बोहराको मिलमा सल बेरिएर मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय साँफेबगरका अनुसार साँफेबगर नगरपालिका–१ बैजनाथमा रहेको आफ्नै कुटानीपिसानी मिलमा काम गरिहेको बेला आज सल बेरिएर उनको घटनास्थलमै मृत्यु भएको हो।
मिलमा धान कुटाउने क्रममा अचानक सल बेरिँदा उहाँको मृत्यु भएको श्रीमान् शङ्करमानले जानकारी दिए।
कमेन्ट लोड गर्नुस