अछाममा एमाले अधिवेशनः मत गणना जारी, १०० गन्दा बोहरा अगाडी
धनगढीः आठौँ जिल्ला अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा एमाले अछामको मत गणना जारी छ। अहिलेसम्म १०० मत गणना गरिएको निर्वाचन समितिले जनाएको छ।
अहिलेसम्मको गणनामा अध्यक्षका उम्मेदवार प्रकाश शाहले ४४ मत प्राप्त गरेका छन् भने चन्द्र बोहराले ५३ मत पाएका छन्। पदाधिकारीको मत गणना आजै सकिने बताइएको छ। एमालेका नेता भीम रावलको गृहजिल्ला अछामको अधिवेशनलाई बिशेष रुपमा समेत हेरिएको छ।
अध्यक्ष पदका उम्मेदवार चन्द्र बोहराको समूहबाट उपाध्यक्षमा भीम बिष्ट, सचिवमा आदर्श साउद, सहसचिवमा शेरबहादुर बुढा, डम्बर बिसी रहेका छन् भने प्रकाश शाह पक्षबाट उपाध्यक्ष बलबहादुर कुँवर, सचिव भीम रावल, उप–सचिवमा प्रेमबहादुर महर र प्रेम खत्री उम्मेदवार छन्।