सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली उद्योग वाणिज्य संघ विकास र समृद्धिका अभियान छोड्दै, संस्थाका पदाधिकारीहरु मोजमस्तीमा (भिडियो सहित) 

२०७४ चैत्र २९, १२:१०

प्रदेश नम्वर ७ लाई छाउपडी र देउकीवाहेक सम्भावनाको क्षेत्र भनेर चिनाएको कैलाली उद्योग वाणिज्य संघले पछिल्ला वर्षहरुमा आफ्ना सामाजिक क्षेत्रका कामहरु छोड्दै गएको छ ।

प्रत्येक तीन वर्षमा फेरिन नेतृत्वले एक दशक अघि थालिएका धेरै सामाजिक कामहरुको अगुवाई गरेपछि पछिल्ला वर्षहरुमा त्यस्ता अभियान सञ्चालन गरेको छैन । वरु संघका पदाधिकारीहरुले अघिल्ला पदाधिकारीहरुले प्रदेशका लागि थालेका अभियानलाई निरन्तरता दिन पनि नसकिरहेका वेला उनीहरु संघलाई मोजमस्ती गर्ने थलो वनाईरहेका छन ।

देशकै नमुना संघका पदाधिकारीहरु आजभोली संघको नाममा मोजमस्ती गर्दै नक्कली सदस्य वनाउँदै नेतृत्वमा आउन दौडधुप गरिरहेका छन । तर समग्र प्रदेशका सवाल उठाउन उनीहरुले कुनै ध्यान दिएका छैनन् । 

धनगढी विमानस्थल कालोपत्रे गर्नका लागि कैलाली उद्योग वाणिज्य संघले थालेको एक पैसे अभियानमा रिक्सा चलाउने मजदुरले समेत सहयोग गरेपछि विमानस्थल कालोपत्रे वन्यो । प्रदेशलाई छाउपडी र देउकी वाहेक सम्भावनाको प्रदेश भनेर चिनाउनका लागि फोटो प्रदर्शन र प्रकाशन भयो । कैलाली महोत्सव आयोजना गर्दै सम्भावना र समृद्धिका आधारहरु खडा गर्दै प्रदेशको समृद्धिका लागि २१ वुँदे माग सरकारको मुख्यपदमा रहेका नेता र उच्चपदस्थ सरकारी अधिकारीलाई दिईयो । 

सिन्डीकेट आन्दोलन गर्दै त्यसलाई हटाउने लगायतका धेरै सामाजिक अभियानहरु सञ्चालन गरेर तारिफ वटुलेको कैलाली उद्योग वाणिज्य संघ पछिल्लो समयमा वदनाम वन्दै गएको छ । पछिल्लो ६ वर्ष यता संघले प्रदेश र सामाजिक क्षेत्रकालागि केहीकामगर्न सकेको छैन । वर्षेनीआयोजनाहुने मेलालाई पनि रमाईलो मेलाका रुपमा परिणत गर्दै मोजमस्ती गर्नु वाहेक संघका पदाधिकारीहरुले अरु केही नगरेको आरोप व्यवसायीहरुले लगाउने गरेका छन । 

कैलालीउद्योग वाणिज्य संघ व्यवसायीक हकहितका लागि काम गर्ने संस्था भएपनि यसले त्यो भन्दामाथि उठेर प्रदेश र उहाँका सम्भावना र विकासका हरेक काममा हातेमालो गर्दै अगाडी वढ्यो । जस कारण यसक्षेत्रका हरेक वासिन्दाहरुको संघ प्रति सहानुभुती र माया रह्यो । सवै क्षेत्र वर्ग र समुदायलाई समेटेर सामाजिक अभियानहरु सञ्चालन गरिदा त्यसले नयाँ तरंग ल्याउन सफल भयो ।

नेपाल भरी तत्कालीन समयामा रहेका ९६ वटा शाखाहरुम्मध्ये देशकै सर्वोकृष्ट शाखा वन्न सफल कैलाली उद्योग वाणिज्य संघ हेर्नका लागि देशका विभिन्न स्थानहरुमा व्यवसायी र संघहरु पनि आउने गरेका थिए । तर पछिल्ला वर्षहरुमा संघका पदाधिकारी सामाजिक अभियान र गतिविधि विर्सेर व्यक्तीगत स्वार्थका लागि संघलाई प्रयोग गरिरहेका छन ।

वढ्दो नक्कली सदस्यताको विगविगीका कारण वास्तविक व्यवसायीहरुले आफ्नो संस्था हो भन्ने आभास नगरेका वेला पदाधिकारीहरु संघमा रजाई गर्न थालेपछि विभिन्न सामाजिक अभियानमा लागेकाहरु पनि निराश भएका छन । 

संघमा झण्डै ५ हजार नक्कली सदस्यहरु रहेका छन । गैर व्यवसायीहरु हावी हुँदा वास्तविक व्यवसायीका पीर मर्का बुझन र परेका वेला सहयोग होला भन्ने आशा वास्तविक व्यवसायीले मारिसकेका छन ।

नक्कली व्यवसायीकै भोटले जित्ने र त्यसमा रजाई आफु र आफु निकटलाई मात्रै गराउने प्रवृतिले देशकै ख्याती कमाएको संस्था वदनाम हुदै गएको हो । गैर व्यवसायीको हालीमुहालीले निर्वाचित नेतृत्वले वास्तविक व्यवसायीहरुको हकहितका सवालमा कुनै काम नगर्न सकेको अवस्थामा प्रदेश र प्रदेशवासीको सामुहिक हितका लागि लाग्छ भन्ने कुरा व्यवसायीले नै पत्याउन छोडेका छन । 

कैलाली उद्योग वाणिज्य संघको गएको ५ वर्षमा धेरै सदस्यहरु थपिएका छन । संघको सदस्य वनाए वापत आम्दानी पनि वढेको छ । तर नक्कली सदस्यहरुलाई आन्तरिक राजश्व कार्यालय, घरेलु तथा सानाउद्योग कार्यालय र वाणिज्य कार्यालयमा दर्ता गरेर कानुनी दायरामा ल्याउन सकेमा संघमा वढ्दै गएको विकृति हट्न सक्छ भने स्थानीय प्रशासनले पनि यसका वारेमा चासो राखेर निगरानी गरेमा सवैको साझा संस्था केही सिमित पदाधिकारीहरुले गर्दै आएको मोजमस्ती र संघको दोहन रोकिन सक्छ की ?
 

कमेन्ट लोड गर्नुस