सुदूर नेपाललाई विश्वसँग जोड्दै

सघन सहरी विकास कार्यक्रम : धनगढीमा निर्माणाधिन सडकहरुमा रुख मुख्य बाधक

२०७५ पुष २६, ०२:५८ नवराज पनेरु

सघन सहरी विकास कार्यक्रम अन्तरगत धनगढीका लागी छनौट भएका सडकहरुको निर्माणमा रुख मुख्य बाधक देखिएको छ। सडक बाहेकका योजनाहरुको काममा ठुलै समस्या नदेखिएपनि सडक निर्माणमा भने रुख बाधक देखिएको हो। सघन सहरी विकास कार्यक्रम अन्तरगत पहिलो चरणमा छनौट भएका १९ सडकको निर्माण अन्तिम चरणमा रहेको अवस्थामा दोश्रो चरणमा छनौट भएका अधिकासं सडकहरुको काम भर्खर सुरु भएको सघन सहरी विकास कार्यक्रम कार्यान्वयन गरिरहेको संघीय आयोजना कार्यान्वयन ईकाई धनगढीका ईन्जिनियर श्यमचन्द्र बुढाथोकीले बताए। 

तर सडक क्षेत्रमा पर्ने रुख कटानीको आदेश नपाउँदा निर्माणमा समस्या देखिएको छ भने सडक क्षेत्रमा रहेका खानेपानीका पाईप स्थान्तरणका लागि पनि पहल भएको छैन्। उनका अनुसार पहिलो चरणका १९ सडकहरु मध्ये चक्रपथ बाहेक अन्य सडकहरुको निर्माण लगभग सकिएको छ। सडक क्षेत्रमा रुख कटानी नहुँदा केहि क्षेत्रमा कालोपत्रेको काम भने रोकिएको छ। 

सघन सहरी विकास कार्यक्रम अन्तरगत रुख कटानीको आदेश नपाएकै कारण कतिपय सडकहरु भने विचमा रुख भएपनि कालोपत्रे गरिएको छ। कार्यक्रम अन्तरगत पहिलो चरणमा ५० र दोश्रो चरणमा ४२ गरि ९२ किलोमिटर सडक कालोपत्रेको योजना छ। तर सडक क्षेत्रमा पर्ने खानेपानीका पाईप स्थानान्तरणका लागि पनि पहल नहुँदा सडक निर्माणको कामलाई गति दिन समस्या भईरहेको ईन्जिनियर बुढाथोकीले बताए। 

दोश्रो चरणमा १७ मध्ये झण्डै ७ वटा सडकहरुको काम सुरु हुन सकेको छैन्। अन्य सडकहरुमा पनि माटो भरान, नाली निर्माणको काम जारी रहेको छ। ३ बर्ष सम्म ५०÷५० करोडका दरले डेढ अर्व बढि बजेट खर्चको योजना रहेपनि धनगढीका लागि भने झण्डै २ अर्व बजेट सघन सहरी विकास कार्यक्रमका लागि विनियोजन गरिएको छ। 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस