सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमाले अधिवेशनको चटारोः बैतडी अध्यक्षमा दुई जनाको दाबी !

२०७८ पुष १९, ०३:०४ खबर संवाददाता

बैतडीः नेकपा एमालेको ८औँ जिल्ला अधिवेशनको सरगर्मी बढेको छ। २३ पुसमा जिल्ला अधिवेशनको मिति तय भएसँगै बैतडीमा अधिवेशनको तयारी सुरु भएको छ। अधिवेशन जिल्लाकै मध्य भुभाग पाटनमा गर्ने तय भएको छ। पाटन नगरपालिका ६ को पाटन बजारस्थित खुला मञ्चमा बिहान ११ बजे उद्घाटन सत्र हुनेछ भने नगरपालिकाको सभा हलमा बन्द सत्र हुनेछ।

अधिवेशनको तयारी स्वरुप कामहरू अघि बढाइएको एमाले बैतडीले जनाएको छ।  अहिले बैतडीमा एमालेका दुई जनाले अध्यक्षमा दाबी गरेका छन्। वर्तमान जिल्ला अध्यक्ष सुरेन्द्र पाल र पञ्चेश्वर गाउँपालिका अध्यक्ष रहेका गोरखबहादुर चन्दले जिल्ला कमिटी अध्यक्षका लागि आआफ्नो दाबी रहेको बताएका छन्। 

नेकपा एमाले बैतडीको जिल्ला कमिटी चयनका लागि सबै स्थानिय तहबाट गरि ५०९ प्रतिनिधिहरूले मतदान गर्नेछन्। तर जिल्लाको नेतृत्व सर्वसम्मत चयन हुने सम्भावना बलियो रहेको नेताहरुले बताएका छन्। एमालेको सातौँ अधिवेशनमा भने चुनाव भएको थियो।
 

कमेन्ट लोड गर्नुस